ललितपुर
ललितपुरको बंगलामुखीमा एकैविहानै चोरी भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ११ बंगलामुखी श्री गल्ली डेरा गरी बस्ने पुनम श्रेष्ठको कोठाबाट अज्ञात व्यक्तिहरुले १२ लाख रुपैयाँको सरसामान चोरी गरेर लगेका हुन् ।
उनको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब ११ लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी गरेका थिए ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
पाटन क्षेत्रमा पटक पटक चोरी भइरहेको भए पनि प्रहरीले संलग्नहरुको खोजी गरेर चोरीका सरसामान सम्बन्धित व्यक्तिहरुलाई फिर्ता नगर्न नसकेको भन्दै पाटनबासीले प्रहरी समक्ष गुनासो गर्दै आएका छन् ।








प्रतिक्रिया