दुबई
हालै दुबईमा अमिताभ बच्चनसँग हुबहु मिल्ने एक व्यक्तिले बजारमा पैदल हिंडिरहेको अवस्थामा फेला परेका छन् । बलिउड अभिनेता सडकमै हिडेको देखेपछि उनका प्रशंसकहरू सेल्फी र अटोग्राफका लागि भीड लागे ।
सो रोचक दृश्य रहेको भिडियो इन्टरनेटमा भाइरल बनेको छ।
भिडियोमा देखिएअनुसार, प्रशंसकहरू भीडभाड गर्दै उक्त व्यक्तिको नजिक पुगे । क्यामेराहरूले लगातार दृश्य खिचिरहे । दुबईका सडकमा देखिएको यो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सामाजिक सञ्जालमा धेरैले यो भिडियोमा रमाइलो प्रतिक्रिया दिएका छन ्। भाइरल यी व्यक्ति हाँसोको पात्र बने।
उक्त भिडियो पहिले एक इन्स्टाग्राम एकाउन्टमार्फत अपलोड गरिएको थियो। त्यसपछि ‘लोभिन दुबई’ को पेजमा शेयर भएपछि करिब १ लाख १४ हजार भ्युज पाएको छ। सामाजिक सञ्जालमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन्— कोही हाँसे, कोही अचम्मित भए, कोहीले त “आहा” भन्दै प्रतिक्रिया जनाए। उनी को व्यक्ति हुन् । के का लागि सडकमा आएका थिए भन्ने खुलेको छैन ।
यसैबीच, वास्तविक अमिताभ बच्चन भने हाल ‘कौन बनेगा करोडपति’ को १७औं सिजनको छायांकनमा व्यस्त छन्। उनी २००० देखि नै यस कार्यक्रमको अभिन्न हिस्सा रहँदै आएका छन्। चलचित्रतर्फ, बिग बी छिट्टै अभिनेताहरू अभिषेक बनर्जी र निमरत कौरसँगै देखिने कोर्टरुम ड्रामा फिल्ममा प्रस्तुत हुँदैछन्। यसअघि उनले तापसी पन्नुसँगै ‘पिंक’ फिल्ममा कोर्टरुम ड्रामामा अभिनय गरेका थिए।








प्रतिक्रिया