काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखिएको भन्ने झुट्टा अफवाह फैलाएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति महोत्तरी घर भई हाल कीर्तिपुर नगरपालिका– १० बसोबास गर्ने ३८ वर्षीय जयरूद्र झा हुन् ।
प्रहरीका अनुसार झाले प्रहरी कन्ट्रोल रूमको आकस्मिक नम्बर १०० मा फोन गरी काठमाडौंस्थित विभिन्न शैक्षिक संस्थामा विष्फोटक पदार्थ राखिएको दाबी गर्दै झुट्टा सूचना दिएका थिए । यस प्रकारको अफवाहले सर्वसाधारणमा डर त्रास फैलाउनुका साथै सार्वजनिक शान्तिमा खलल परेको थियो ।
घटनापछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले झालाई कीर्तिपुरस्थित नयाँ बजारबाट शुक्रबार पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया