२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा ३ हजार ८ सय भेपसहित तीन जना पक्राउ



काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सोमबार साँझ काठमाडौंको चमतीबाट ३ हजार ८ सय भेपसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ का ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बु थुलुङ गाउँपालिका–४ का ४२ वर्षीय कृष्णबहादुर गुरुङ रहेका छन्। उनीहरू भरिया रहेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

भेपहरू काठमाडौंको रमेश श्रेष्ठको घरको भुइँतलामा भण्डारण गरिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उक्त भेप भन्सार छलेर चीनबाट नेपाल भित्र्याइएको पाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई बरामद सामग्रीसहित राजश्व अनुसन्धान विभाग, हरिहर भवन पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।