काठमाडौंको चन्द्रागिरीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको निधन भएको छ भने एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ कालुपाण्डेस्थित सडकमा ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ पुरानो
नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको निधन भएको छ ।
आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।
साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया