पछिल्लो समय बलिउड चलचित्र दुनियामा बलिउड अभिनेत्री नर्गिस फाख्रीको विवाहको चर्चा छ ।
रकस्टार चलचित्रमार्फत बलिउडमा चर्चा कमाएकी नर्गिसले अमेरिकी उद्यमी टोनी बेगसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार सार्वजनिक गरेका छन् ।
उनीहरुको विवाह गएको १६ फेब्रुअरी अमेरिकाको क्यालिफोर्नियामा भएको तर सबै कुरा आजसम्म गोप्य राखेको तथ्य खुलेको छ । वैवाहिक समारोहमा साथी तथा परिवार
का सदस्य मात्र सहभागी थिए। बलिउडका कसैलाईं पनि निम्ता थिएन ।
नर्गिस र टोनी छुट्टी मनाउन निस्किएको दृश्य र केक सामाजिक सञ्जालमा पोष्ट भएपछि विवाह भएको भन्दै सामाजिक सञ्जालमा हलचल मच्चिएको हो । यद्यपि नर्गिस दम्पतीले अफैंसम्म विवाह भएको आधिकारिक तस्वीरहरु अझै सार्वजनिक गरेका छैनन् ।
अभिनेत्री नर्गिस सधैं आफ्नो व्यक्तिगत जीवनलाई सार्वजनिक हुनबाट बचाउन खप्पिस छिन् ।








प्रतिक्रिया