२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कोटेश्वरस्थित गहना उद्योगमा विभागको छापा, ६२१ ग्राम काँचो सुन बरामद



काठमाडौं । काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित बज्राचार्य गहना उद्योगमा राजस्व अनुसन्धान विभागले छापा मारी ६२१ ग्राम काँचो सुन बरामद गरेको छ।

राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीलाई सशस्त्र प्रहरी बलका डीएसपीले नेतृत्व गरेका थिए। सो टोलीले पसल तथा कारखानाबाट बरामद गरिएको काँचो सुन नियन्त्रणमा लिएको विभागले जनाएको छ।

विभागका महानिर्देशक तीर्थराज चिलुवालले गहना उद्योगमा राजस्व छलीसहित अवैध सुन कारोबार भइरहेको विशेष सूचनाका आधारमा छापा मारिएको जानकारी दिए। उनका अनुसार बरामद सुनसँग सम्बन्धित बिल, बिजक तथा लेखापत्रबारे विभागले थप अनुसन्धान गरिरहेको छ।

विभागले बरामद सुन र व्यवसायिक विवरणलाई परीक्षण गरी कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।