१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा अपहरण: ३ जनाकाे सकुशल उद्धार



काठमाडौं । काठमाडौंको फुटुङस्थित पदम चक्र स्कुल नजिक एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, भदौ सोमबार दिउँसो ३:३८ बजे अपरिचित व्यक्तिहरूले एक घरमा प्रवेश गरी व्यक्तिलाई लगेको खबर प्राप्त भएपछि बालाजुबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–१ स्थित घरमा पुगेर पीडितलाई मोबाइल अफ गरी राखिएको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो।

पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–१ साङ्लाका विराज सिंह लवट खत्री, राज लवट खत्री र फुटुङ निवासी सन्तोष महर्जन रहेका छन्। तीनै जनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटना पर्खालभित्र भएको र पीडितलाई कुनै प्रकारको शारीरिक हानि नभएको पुष्टि गरिएको छ। घटना सम्बन्धी थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।