मुम्बई
बलिउड स्टारहरू चलचित्रमा अभिनयसँगै विभिन्न व्यावसायमा समेत संलग्न छन् । अन्य स्टारजस्तै चर्चित अभिनेत्री शिल्पा शेट्टी ’बास्टियन बान्द्रा‘ रेस्टुरेन्ट चलाउथिन् ।
उनको रेष्टुरेण्टमा सेलिब्रिटीहरू प्रशंसकहरुमाझ निकै लोकप्रिय पनि थियो । तर उनको सो रेण्टुरेण्ट अचानक बन्द भएको छ ।
अभिनेत्री शिल्पा शेट्टीले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत रेण्टुरेण्ट बन्द गर्ने निर्णय गरेको खबर सार्वजनिक गरेकी छिन् ।
व्यावसाय बन्द गर्ने निर्णयलाई उनले ’युगको अन्त्य’ भनेर लेखेकी छिन्। उनले भनेकी छिन्। ‘मुम्बईको यो प्रतिष्ठित गन्तव्य अब बन्द हुनेछ । ’
एनले रेस्टुरेन्ट बन्द गर्नुको कारण खुलाएकी छैनन ।
बास्टियन बान्द्रा बन्द हुने घोषणा गर्दै अभिनेत्री शिल्पा शेट्टीले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘हामी मुम्बईको सबैभन्दा प्रतिष्ठित गन्तव्यहरूमध्ये एक, बास्टियन बान्द्रालाई अलविदा भन्न जाँदैछौं।’ “ उनले बास्तियन बान्द्राका वफादार ग्राहकहरूका लागि आउँदो बिहीबार विशेष कार्यक्रमको आयोजना गरिएको उल्येख गरेकी छिन् ।
केही समयअघि अभिनेत्री शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ६० करोड रुपैयाँको ठगी प्रकरण सार्वजनिक भएको थियो । मुम्बईका एक व्यवसायी दीपक कोठारीले दम्पतीविरुद्ध ६०.४ करोड रुपैयाँ ठगीको मुद्दा दायर गरेका थिए ।
उजुरीकर्ताले २०१५ देखि २०२३ सम्मको अवधिमा रकम व्यक्तिगत खर्चका लागि दुरुपयोग गरिएको आरोप लगाएका छन्। तर, द हिन्दू को रिपोर्ट अनुसार, शिल्पा शेट्टी र राज कुन्द्राका वकिलले यो मुद्दालाई ’आधारहीन र दुर्भावनापूर्ण’ भन्दै आफ्ना मुवक्किललाई बदनाम गर्ने प्रयास भएको बताएका छन्।
अभिनेत्रीले भने यो विवादमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । शिल्पा शेट्टीको पछिल्लो प्रोजेक्टशिल्पा शेट्टीलाई पछिल्लो पटक रोहित शेट्टीको वेब सिरिज इण्डियन पुलिस फोर्स मा देखिएको थियो । उनी नृत्य रियालिटी शोहरू जज गर्ने काम र अन्य धेरै प्रोजेक्टहरूमा संलग्न छिन् ।








प्रतिक्रिया