काठमाडौं । दयाहाङ राई र विजय बराल शीर्ष भूमिकामा देखिने फिल्म ‘वरिष्ठ बलराम’ को टिजर सार्वजनिक भएको छ। फिल्मको दुई पोस्टर र छोटो टिजर एकसाथ सार्वजनिक गरिएको हो।
चर्चित दृश्य सम्पादकसमेत रहेका सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा तराईको पृष्ठभूमिमा आधारित कथावस्तु प्रस्तुत गरिएको छ। टिजरमा दयाहाङ र विजय आमनेसामने देखिएका छन् भने उनीहरूबीचको नोकझोँक र प्रतिक्रियाले फिल्मको मुख्य संघर्षलाई संकेत गर्नेछ भन्ने आभास दिएको छ।
फिल्ममा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायतका कलाकारहरूको पनि अभिनय देख्न पाइनेछ।








प्रतिक्रिया