ललितपुर
दक्षिण ललितपुरको टिकाभैरव पुलबाट खसेर घाइते भएकी युवतीको निधन भएको छ ।
ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ टिकाभैरव पुलस्थित सडकमा प्रदेश.३–०१–००५ ख ९३४६ नम्बरको बसबाट खसेर सोही ठाउँ बस्ने ४५ वर्षीया गीता तिमल्सिनाको निधन भएको हो ।
मंगलबार बसबाट खसेर गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा अस्पतालका डाक्टरहरुले बुधबार दिउँसो उनलाई मृत घोषणा गरेका थिए ।
उनको निधन भएसँगै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१९ भाद्र २०८२, बिहिबार
2.2k
Shares








प्रतिक्रिया