३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नापी कार्यालय कलंकीका कार्यालय सहयोगी कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्रबहादुर कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पुरानो नैकापमा कार्यरत कार्यालय सहयोगी कुँवरले चन्द्रागिरी नगरपालिका- १३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पूर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएपछि आयोगले आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन आवश्यक सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १३ हजार घुस लिएको देखिएकाले कार्यालय सहयोगी कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए।

कुँवरलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा १३ हजार विगो कायम गरी जरिवाना र सजाय माग दावी गरिएको आरोप- पत्रमा उल्लेख छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।