२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र भवनको संख्या २०० पुर्‍याउने तयारी भइरहेको छ : दिनेश डिसी



काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपालमा चलचित्र भवनको सङ्ख्या बढाउने तयारी तीव्र रूपमा भइरहेको बताएका छन्। कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्सको दोस्रो ‘अडिटोरियम’ सञ्चालनमा आएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष डिसीले हाल देशभर १६८ चलचित्र भवन सञ्चालनमा रहेको जानकारी दिंदै चालु आर्थिक वर्षमै यो सङ्ख्या २०० पुर्‍याउने लक्ष्य राखिएको बताए।

उनले भने, “बन्द भएका चलचित्र भवनलाई पुनः सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने र नयाँ भवन खोल्न चाहनेलाई विशेष सुविधा दिने योजना बोर्डले अघि बढाएको छ। चलचित्र हेर्नुको वास्तविक आनन्द चलचित्र भवनमै हुन्छ, त्यसैले हामीले सङ्ख्या बढाउन जोड दिइरहेका छौँ।”

कीर्तिपुर सिनेप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले १०१ सिट क्षमताको दोस्रो ‘अडिटोरियम’ आजदेखि सञ्चालनमा आएको जानकारी दिए। उनले नयाँ भवनले मनोरञ्जनसँगै रोजगारी सिर्जना गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन गर्ने र चलचित्र व्यापारमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

महर्जनका अनुसार नयाँ ‘अडिटोरियम’ मा ‘बार्को प्रोजेक्टर’, ‘पल्सको ७.१ साउन्ड सिस्टम’, सुविधासम्पन्न सिट र ‘थ्रिडी’ प्रविधि जडान गरिएको छ।

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार  ३ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।