१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बुद्धि तामाङको यो कस्तो ‘ट्याउँ ट्याउँ’



काठमाडौं
कलाकार बुद्धि तामाङ सहायक भूमिकाका लागि स्थापित छन् । हास्य र चटपट भूमिकामा सधै उनी रमाइलो पारामा पर्दामा देखिन्छन् ।
निर्माणको चरणमा रहेको चलचित्र ‘धागो’को एक गीतमा तामाङ रमाइलो पारामा नृत्य गरेका छन् । ‘ट्याउँ ट्याउँ’ बोलको गीतमा उनी बर्षा राउतसँगै कम्मर कर्माइरहेका छन् । गीतमा बुद्धि तामाङसँगै अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन् ।

चर्चित नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ ।
भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको हो । चलचित्रको निर्देशन उदिप राना थापाले गरेका छन् ।
उदिप राना थापाले यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेर निर्माण गरिएको । यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन्।
चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्।
चलचित्र धागो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ प्रर्दशनको तयारीमा छ ।

 

 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।