हिन्दी चलचित्र ‘जाली एलएलबी ३’को ट्रेलर सार्वजनिकको विषयमा विवाद चर्किएको छ ।
चलचित्रका अभिनेताहरु अक्षय कुमार र अरशद वारसीले ट्रेलर सार्वजनिकको विषयमा विवाद चर्काउदै र प्रशंसकहरुमाझ तर्क राखेपछि विवाद चर्केको हो ।
ट्रेलर सार्वजनिक विषयलाई लिएर चलचित्रका पात्रहरु जगदीश त्यागी (अरशद वारसी) र जगदीश्वर मिश्र (अक्षय कुमार) को सहरबीच प्रतिस्पर्धा देखिएको छ । एकातिर त्यागीको सहर मेरठका दर्शक छन् भने अर्कोतिर मिश्रको सहर कानपुरका समर्थक ।
पहिलो जाली एलएलबी चलचित्र कानपुरसँग जोडिएको कारण त्यहाँका फ्यानले ट्रेलर लञ्च आफ्नो सहरमै गर्नुपर्ने तर्क गरिरहेका छन् । उता मेरठका दर्शक भने “ओजी जाली” आफ्नै सहरका भएको दाबी गर्दै ट्रेलर सार्वजनिक मेरठमै हुनुपर्ने दाबी गरिरहेका छन् ।
ट्विटरदेखि इन्स्टाग्रामसम्म समर्थकहरूले आफ्नो–आफ्नो सहरको पक्षमा आवाज उठाइरहेका छन् । निर्माता र निर्देशकले अझै आधिकारिक रूपमा स्थान घोषणा नगरेकाले सबैको उत्सुकता झनै बढेको छ ।
भारतको चर्चित कोर्टरुम ड्रामा जॉली एलएलबी ३ आउँदो असोज ३ (सेप्टेम्बर १९) मा देशभरका हलमा प्रर्दशनको तयारी अवस्थामा छ । तर, यसअघि नै यसको ट्रेलर सार्वजनिक गर्ने ठाउँलाई लिएर प्रशंसकबीच ठूलो बहस चर्किएको हो ।








प्रतिक्रिया