२९ माघ २०८२, बुधबार | Thu Feb 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


गोदावरीमा रोटरीको १ सय ६२ औं शाखा गठन



ललितखबर
गोदावरीमा रोटरी क्लवको १ सय ६२ औं शाखा गठन गरिएको छ ।
ललितपुरको गोदावरीस्थित एक होटलमा औपचारिक कार्यक्रम आयोजना गरेर शाखाको पहिलो चार्टड प्रिजेन्टेशन कार्यक्रम आयोजना गरिएको हो ।
शाखाको चार्टड प्रसिडेन्टमा युवराज रोक्का चयन भएका छन् ।
शाखाको प्रिसिडेण्ड इलेक्टेड डा. दिपक मिश्र, पहिलो भाइस प्रेसिडेण्ट कृपा सुवेदी, दोश्रो भाइस प्रेसिडेण्ट गोविन्द पुरी, सचिव कुलदिप न्यौपाने, सहसचिव डा. कृष्णप्रसाद आचार्य, कोषाध्यक्ष आशुतोष आचार्यसहित २५ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।
रोटरी अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२९२ नेपाल तथा भूटानका डिस्ष्ट्रिक गर्भनर विनोद कोइरालाले रोक्कालाई सपथ ग्रहण गराउदै बधाई ज्ञापन गर्दै सफलताको कामना गरे ।
रोक्काले कार्यसमितीमा संलग्नहरुलाई सपथ गराउदै गोदावरी क्षेत्रको प्लाष्टिकलाई व्यवस्थापन गर्ने, गोदावरी हाइकिङ विकासमा सद्दाउने र गोदावरी जंगलमा पानीको पोखरी बनाएर जंगलमा जनावरलाई रोक्ने र बस्तीमा जनावरलाई आउन नदिने विभिन्न योजना अघि सारे ।
कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले यस क्षेत्रमा रोटरीको प्रवेशले सामाजिक सेवामा बल पुल्ने विश्वास व्यक्त गर्दै सहकार्य गर्न उत्सुक रहेको बताए ।

 

 

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।