ललितपुर । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ। आइतबार बिहान तीनवटा डोजरसहित महानगर प्रहरीले लगनखेलस्थित सरकारी जग्गा कित्ता नम्बर १०५, क्षेत्रफल १७–०–०–० मा निर्माण भएका संरचनाहरू हटाएको छ।
नगरपालिकाले उक्त क्षेत्रको अतिक्रमणकारीलाई ३५ दिने सूचना जारी गरेको थियो र समयसीमा नाघेपछि डोजर चलाइएको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।
महानगरपालिकाले सार्वजनिक जग्गा र ऐतिहासिक पोखरीहरूको संरक्षण गर्ने नीतिअन्तर्गत सो क्षेत्रमा रहेको न्हुः पोखरीको जिर्णोद्वार पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी नगर कार्यपालिकाबाट स्वीकृत भइसकेको र बजेट विनियोजन भइसकेको कारणले संरचना हटाइएको हाछेथुले बताए।








प्रतिक्रिया