ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला मन्त्री राम रानाका गाडी चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
ललितपुरको हरिसिद्धिमा चौधरीले चलाएको गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिंदा उनी घाइते भएकी थिइन्। बालिकालाई बीएण्डबी अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। बालिकाको उपचार खर्च चालक पक्षले नै व्यहोरेको जानकारी दिइएको छ।








प्रतिक्रिया