३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हरिसिद्धि बालिका ठक्कर प्रकरण : मन्त्री रानाका चालक छुटे



ललितपुर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाका चालक चन्द्रनारायण चौधरीलाई प्रहरीले छाडेको छ। शनिबार बिहान ललितपुरको हरिसिद्धि स्थित घुम्तीमा मन्त्री राना सवार गाडीले ११ वर्षीया बालिकालाई ठक्कर दिएको थियो। दुर्घटनापछि ललितपुर प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको थियो।

तर, बालिकाको उपचारपछि डिस्चार्ज भइसकेको र मन्त्री रानाले २५ हजार रुपैयाँ क्षतिपूर्ति तिरेको हुँदा जिल्ला प्रहरी परिसर ललितपुरले चालकलाई छाडेको जनाएको छ।

घटनापछि बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने प्रतिबद्धता जनाएको थियो। बालिकालाई ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा सामान्य उपचार गरिएको थियो।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  २ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।