२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘खुश्मा’का अभिनेता अरुण पुन ‘मितज्यु’मा अनुबन्धित



 

काठमाडौं
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’अरुण पुन मगर अनुबन्ध भएका छन्। उनलाई निर्माण टिमले बिहिबार चलचित्रका लागि अनुबन्ध गरेको हो। यसअघि अरुणले चलचित्र ‘खुश्मा’मा अभिनय गरेका थिए।

यसअघि यो चलचित्रमा अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। अरुणको उपस्थितिले चलचित्रलाई थप बलियो बनाउने निर्माण पक्षको भनाई छ।

यस चलचित्रको कथा महेश राईको रहेको छ भने निर्माता जनक घर्ती मगर हुन्। यसअघि उनले ‘घरज्वाइँ’ जस्तो हिट चलचित्र निर्माण गरेका थिए। निर्देशक अनिल र जनकको यो दोस्रो सहकार्य हो। चलचित्रको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन् भने ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा यो चलचित्र निर्माण हुँदैछ।

मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट छायांकन गरिने निर्माण पक्षको भनाई छ। यो चलचित्र आगामी चैत २७ गतेबाट प्रदर्शनमा आउने छ। आर आर फिल्म्स बितरण गर्ने चलचित्रको निर्माण व्यवस्थापक धन बहादुर राई हुन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ३ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।