काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्र विस्तार गरेको छ। यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र लागू गरिएको कर्फ्यु अब राष्ट्रपतिको कार्यालय शीतलनिवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा पनि लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार कर्फ्यु आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ। प्रशासनले जनतालाई यस समयमा अनावश्यक रूपमा सार्वजनिक स्थलमा नजान आग्रह गरेको छ।
कर्फ्यु विस्तारको निर्णय प्रदर्शनकारीहरूको गतिविधि र राजधानीमा सुरक्षा अवस्था ध्यानमा राखेर लिइएको बताइएको छ।









प्रतिक्रिया