काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु लगाएपछि नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको छ । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा प्रदर्शनकारी प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो । त्यसलगत्तै नेपाली सेनाको टोली बानेश्वर क्षेत्रमा पुगेको हो ।
जेनजीको आन्दोलनका कारण स्थिति असहज बनेसँगै स्थानीय प्रशासनले सोमबार दिउँसो साढे १२ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । काठमाडौं प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा राति साढे १० बजेसम्मका लागि कर्फ्यु जारी गरेको हो । कर्फ्यु जारी भएपनि त्यस क्षेत्रको अवस्था पनि तनावग्रस्त छ ।








प्रतिक्रिया