ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। घटनास्थलमा ठूलो आगो लागेको भए पनि प्रहरी अहिलेसम्म प्रवेश गर्न सकेको छैन।
ललितपुर प्रहरीका अनुसार आगो नियन्त्रणका लागि दमकल पठाइए पनि प्रदर्शनकारीहरूले फर्काइदिएका छन्। आसपासका क्षेत्रमा समेत प्रदर्शन र आगजनी भइरहेकाले सुरक्षाकर्मीको आवागमनमा कठिनाइ भएको प्रहरीले जनाएको छ।
उक्त विद्यालयकी अध्यक्ष हालका परराष्ट्र मन्त्री आरजु राणा देउवा रहेको पृष्ठभूमिमा प्रदर्शनकारीले सो स्कुललाई लक्षित गरेर आक्रमण गरेको अनुमान गरिएको छ।








प्रतिक्रिया