२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु कारागारबाट भागेका तीन जना धादिङ गल्छी बैरेनीबाट नियन्त्रणमा



ललितपुर । ललितपुरस्थित नख्खु कारागारबाट भागेका तीन जनालाई धादिङको गल्छी बैरेनीबाट नियन्त्रणमा लिइएको छ।

नेपाली सेनाले आज जैन-जी आन्दोलनका क्रममा भागेका सुर्खेतका ४८ वर्षीय लालबहादुर नेपाली, ४१ वर्षीय अमरबहादुर दमाई र बारा सिमराका २४ वर्षीय अनास राईलाई नियन्त्रणमा लिएको हो।

धादिङको गजुरीस्थित भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले भने, ‘लुकिछिपी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।’

पक्राउ परेका तीनै जना जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए। उनीहरूलाई प्रहरीको जिम्मा लगाइएको पनि श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहिबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।