ललितखबर
जेन–जी आन्दोलनकारीले अन्तरिक सरकार गठन गर्न ढिलाई गरेर अन्यौल बढाएको भन्दै ललितपुर सुनाकोठीका नेवार समुदायले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज सुनाकोठीमा हरेक टोलबाट प्रतिनिधिको रुपमा सहभागी स्थानीय युवाहरुले आन्दोलन सफल भई निश्कलंक युवाहरुको समर्थनमा तत्काल सरकार गठन गरेर अघि बढ्नु पर्नेमा युवा युवाहरुबीच नै झगडा गरेको दृश्यहरु सार्वजनिक नहुनु राम्रो नभएको बताएका हुन् ।
युवाहरुले सबैले माग राख्दै जाने अवस्थामा देशले फेरि भ्रष्ट नेतृत्वमा नै सरकार बन्ने खतरा बढ्ने र वैदेशिक हस्तक्षेप बढ्नसक्ने प्रति उनीहरुको चासो छ । स्थानीय रमेश महर्जनले भने, देशमा व्याप्त भ्रष्टाचार र कुशासनका विरुद्ध हामी उपत्यकाबासीले साथ दिएका थियौ । फेरि उस्तै पारा देखिएको खण्डमा उपत्यकाबासीले नछोड्ने अवस्था आउन सक्ने प्रति सजक रहन सुझाए । भने, ‘अब देशमा सुशासन र विकाश चाहिन्छ । राज्यको सम्पती लुटेर खानेहरुलाई कारवाही हुनुपर्छ ।’
पुर्वप्रधानन्याधिश सुशीला कार्कीको नेतृत्वमा सरकार गठनका लागि भएको छलफललाई सकारात्मक रुपमा लिद्रै युवाहरुले इमानदार शासकको जरुरी रहेकोमा जोड दिएका छन् ।
वानेश्वरको आन्दोलनमा करिव २८ जना युवाहरुको गोली हानेर हत्या गरेपछि सुनाकोठीबासीले भोलिपल्ट एकाविहानै प्रर्दशन सुरु गरेर विरोध गरेका थिए ।








प्रतिक्रिया