२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


खुमल्टारमा मध्यराती लाठी बोकेर बस्ने को ?



ललितखबर
ललितपुको खुमल्टारस्थित युलेन्स स्कूल नजिकै एक हुल मान्छेहरु लाठी बोकर बसेको देखियो । करिव ४० देखि ५५ बर्षका पुरुषहरु मध्यरातीसम्म बसेको देखिर प्रहरी घुम्ति टोलीले सोधपुछ गर्न आइपुग्यो । उनीहरुले सामुहिक स्वरमा भने, ‘हामी टोलको सुरक्षामा खटिएका हौं । हामी आफ्नो टोलको रक्षा गर्न चाहन्छौं अनि रातभर बसेर प्रहरीलाई सुरक्षामा सघाउन चाहन्छौं ।’
गएराती विभिन्न हल्ला चल्यो । राजगद्दीमा राजा बस्न लागेको र सडकमा युवाहरु निस्कने चारैतिर चर्चा चल्यो । सडकमा आन्लोलनका नाममा लुटपाटको त्रास रहेको भन्दै खुमल्टारका रोसन श्रेष्ठ धर्ना बसेको ललितखबरलाई बताए । उनका अनुसार राती १२ बसेसम्म एउटा टोली र त्यसपछि अर्को टोली लाठी बोकेर टोलको सुरक्षामा खटिएको हो ।
पछिल्लो समय आन्दोलनको नाममा नीजि सम्पतीमा आगजनी र लुटपाट मच्चिन थालेपछि पवित्र मार्ग टोल सुधार समिती आफ्नो टोलको सुरक्षामा खटिएको हो । यहाँ रहेका ७४ घरबाट एक एक जना प्रतिनिधि आलोपालो गरेर सुरक्षामा खटिएको स्थानीय श्रेष्ठ बताउछन् ।
समयमै प्रहरीले टोलको सुरक्षा दिने अवस्था रहेको भन्दै स्थानीय नै रातभर खटिएका हुन् । सुरक्षा व्यवस्था सुदृढ नभएसम्म धर्ना दिने स्थानीयको योजना छ । टोल सुधार समितीका अध्यक्ष केशव श्रेष्ठ र सचिव ओम श्रेष्ठलगायत स्थानीय टोलको सुरक्षामा खटिएको देखिन्छ ।
टोल सुधार समितीका सदस्य भुवन पुरीले भने, ‘जेलबाट चोरी र डाकाहरु भगेको अवस्था छ । जे पनि हुनसक्ने अवस्था देखेर हामी आफै सुरक्षामा खटिएका हौं ।’
टोल सुधार समितीबाट सुरक्षामा खटिएकोमा ललितपुर प्रहरी परिसरका एसएसपि श्यामकृष्ण अधिकारीले खुशी व्यक्त गरेका छन् । टोल टोलमा हतियारविना सुरक्षामा बसेर स्थानीयले आफ्नो सुरक्षा गर्नु राम्रो भएको भन्दै एसएसपि अधिकारीले प्रहरीले समन्वय गरिरहेको जानकारी दिए । एसएसपि अधिकारीले भने, कहँ कतै टोलको सुरक्षा गर्न युवाहरु सक्रिय रहेको भए प्रहरीसँग समन्वय गर्न आग्रह गरेका छन् ,

 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।