२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला अदालतमा नियमित सुनुवाइ हुन सकेन



ललितपुर। भाद्र २४ गते भएको प्रदर्शनका कारण सर्वोच्च अदालतको सूचना प्रविधि प्रणालीमा क्षति पुगेको भन्दै ललितपुर जिल्ला अदालतमा नियमित सुनुवाइ गर्न असम्भव भएको छ। अदालतका शाखा अधिकृत टिकाध्वज कार्कीले यस जानकारी दिएका छन्।

उनका अनुसार, हाल सूचना प्रविधि प्रणालीमा क्षति पुगेकाले नियमित पेसी सञ्चालन अवरुद्ध भएको छ। तर, अदालतले केही काम भने जारी राख्ने जनाएको छ। यसमा फिराद तथा प्रतिउत्तर पत्र दर्ता, मुद्दा मिलापत्र, पक्राउ पुर्जी अनुमति, जरुरी पक्राउ पुर्जी, म्याद थप, अभियोग पत्र दर्ता, थुनछेक र चालु मुद्दामा बकपत्र तथा बयानका लागि दुवै पक्ष उपस्थित हुँदा कार्य गर्ने व्यवस्था गरिएको छ।

साथै, बन्दी प्रत्यक्षीकरण, अन्तरिम आदेशसहितको निषेधाज्ञा निवेदन दर्ता तथा प्रमाणीकरण, रोक्का–फुकुवा निवेदन र तहसिल शाखामा पेस भएका फुटकर निवेदनमा सुनुवाइ हुने अदालतले जनाएको छ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।