२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बनस्थलीमा टिपरको ठक्करपछि सातदोबाटोका युवकको निधन



काठमाडौं
गएराती काठमाडौंको बनस्थलीमा टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालक सातदोबाटोका युवकको निधन भएको छ ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको
टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
सो दुर्घटनामा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको निधन भएको छ ।
गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार
बिहान निधन भएको हो ।
हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।