२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


तीन निर्माता रोहित, सन्तोष र दिपकको विवाद कसरी मिल्यो ?



ललितखबर

केही दिनअघि अभिनेता तथा निर्माता दिपकराज गिरी र सन्तोष सेनबीच सुरु भएको बाघ र स्यालको विवादसँगै निर्माता रोहित अधिकारी सामाजिक सञ्जालमा नकारात्मक कमेन्टहरुविरुद्ध साइवर व्युरो पुगे ।
चलचित्र बलिदानका निर्माता सन्तोष सेन र माइतीघरका निर्माता अधिकारीबीचको पुरानो सम्बन्ध झन् चिसो बन्दै मुद्दा मामिलातर्फ मोडिएपछि चलचित्र क्षेत्रमा चिन्ता र चासो बढेको थियो । एकातिर दशैंको फुलफातीबाट प्रर्दशन सुरु हुने यी निर्माता आफै लफडामा फस्ने भएपछि चलचित्रको व्यापार होला भन्ने चासो थियो भने धेरैले चलचित्रको प्रचारको फण्डाको रुपमा समेत लिएका थिए ।
लगत्तै देशभर जेनजी आन्दोलन र आगजनीपछि सबै क्षेत्रमा सन्नाटा छायो । चलचित्रहरु चल्न छोडे । केही हलहरु आगजनीपछि बन्द हुन पुगे । तीन निर्माताहरुको विवाद पनि मन्थर देखिएको छ ।
विहीबार राजधानीमा निर्माता रोहित अधिकारीले आफूहरुबीच सो विषयलाई लिएर कुनै विवाद नरहेको बताए । भने, ‘गल्ती मेरै थियो ।’
पछिल्लो राजनीतिक अवस्थाले आफूहरु मिलेरै जाने अवस्थामा रहेको बताए ।
उता वितरक छवि ओझा अघिल्लो दशैंमा चलचित्रहरुले ५० करोडको व्यापार गरेको भएपछि जेनजी आन्दोलनका कारण शिथिल भएको नेपाली चलचित्र क्षेत्रको असर दशैंमा प्रर्दशन हुने चलचित्रमा पर्न सक्ने बताउछन् । उनले भने, ‘यस बर्ष यसै भन्न सकिन्न । अघिल्लो बर्षभन्दा थोरै दर्शक हलसम्म जाने सम्भावना छ ।’
जेन जी आन्दोलन पछि चौतर्फी छाएको निराशा र क्षतिपछि चलचित्र क्षेत्रमा ठूलो असर परेको कारण निर्माताहरु जुँगाको लडाई छोडेर मिल्ने अवस्थामा पुगेको सिनेबजारमा अनुमान लगाउन थालिएको छ ।
पछिल्लो विवादका बारेमा निर्माता सन्तोष सेन र दिपकराज गिरीले आफेना भनाई भने सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।