काठमाडौं
पछिल्लो पुस्ताका चर्चित अभिनेता हुन् समीर भट्ट । स्टार किड्सको रुपमा चिनिएका उनी विराज भट्टको मार्ग निर्देशनपछि लामो समयसम्म तयारी गरेर चलचित्र क्षेत्रमा पाइला चालेका हुन् । उनै अभिनेता भट्टको मुख्य भूमिकामा बनेको चलचित्र ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेता समिरको एक्सन हेर्दा ठाँउ ठाँउमा आङ नै जिरिंग बनाउछ । यद्यपी जो कोहीलाई रगतले लत्पतिएका र हिंश्रक अनुहारले त्रास समेत पैदा गर्न सक्छ । समिरको एक्सनका अनौठा स्टेपहरुले चलचित्रलाई थप रोमाञ्चक बनाएको छ ।
चलचित्रमा देशका लागि लड्न सक्ने छोरा बनाउन आमाको भूमिकामा रहेकी ऋचाको पनि मेहनत देखिन्छ । ट्रेलरमार्फत अभिनेता , सौगात मल्ल र
अर्पण थापाबमे सशक्त भूमिकाको झल्को समेत दिएको छ ।
ट्रेलरमा गोला बारुद र आगोको झिल्कोहरुले रणमैदानको ताजा स्मरण गराउन सक्षम छ ।
शुक्रवार सार्वजनिक ट्रेलरमा आमा र देशको अस्तित्व जोगाउन गरेको संर्घषलाई रोमाञ्चक पारामा प्रस्तुत गरिएको छ ।
चलचित्रको छायाङ्कन, स्क्रिनप्ले र ब्याकराउन्ड स्कोरले ट्रेलरलाई मिठो बनाएको छ । चलचित्रको निर्देशन सन्तोष सेनले गरेका हुन् ।
’आसुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय रहेको छ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
।








प्रतिक्रिया