२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ओस्कर अवार्डको लागि चलचित्र ‘अञ्जिला’लाई सिफरिसमा भ्रष्टाचार गरेको आरोप



 

काठमाडौं

ओस्कर अवार्डका लागि चलचित्र ‘अञ्जिला’ सिफारिस गरेकोमा भ्रष्टाचार भएको भन्दै गरिएको छ ।
चलचित्र ’अञ्जिला’ र ‘गुन्यूचोलो’ अवार्डका लागि छनौट परेको भए पनि ओस्कार कमिटीले चलचित्र ’अञ्जिला’लाई सिफारिस गरेपछि ‘गुन्यूचोलो’की निर्देशक समुन्द्र भट्टले बखेडा झिक्दै भ्रष्टाचार गरिएको आरोप लगाएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कर अवार्ड) को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सिफारिसका क्रममा पैसामा बेचिएको जस्तो गम्भिर आरोप लगाएकी हुन् ।

उनले चलचित्रको निर्णायकहरुको विषयमा प्रश्न उठाउदै मिडिया अर्डिनेटर भएर आफैं निर्णायकमा बसेको, कलरिस्ट भएर चलचित्रको साउन्ड डिजाइन हेरेर निर्णय दिएको,अमेरिकामा बसेर चलचित्र नहेरी निर्णय दिएको र कोठाभित्र बसेर आफ्नो ल्यापटपमै हेरेर निर्णय दिएको भन्दै विरोध गरेकी हुन् । निर्देशक भट्टले सिफारिको विरोध गर्दै आज राजधानीमा पत्रकार सम्मेलन समेत आयोजना गरेकी छिन् ।

उनले हिजोमात्रै हाम्रो युवा पुस्ताले ‘भ्रष्टाचार नहोस्’ भन्दै आफ्नै जीवन बलिदान दिनुपरेको देशमा आज फेरि त्यही अवस्थाको पुनरावृत्ति भइरहेको महसुस भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्,‘पैसा भए अवसर किनबेच हुने, पैसा भए सिर्जना नै दबिने यस्तो संस्कृतिले हामीजस्ता सिर्जनशील श्रमिकहरूको पीडा कसले बुझ्ने?’
उनले ठट्यौली पारामा ओस्कार कमिटीलाई भनेकी छिन्‘ ‘मसँग मागेको भए म त हरेकलाई १०–१० लाखै दिन्थेँ नि, हाहाहा… कति हाँस्नु’

द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गरेको थियो ।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली कथानक चलचित्र ’गुन्यु चोलो – द ड्रेस’ र ’अञ्जिला’ प्राप्त भएका थिए। दुवै चलचित्रको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखेर ’अञ्जिला’ लाई छनोट गरिएको हो ।

चलचित्र सिफारिसमा भ्रष्टाचार भएको गम्भिर आरोप लगाउने निर्देशक भट्टलाई पुष्टि गर्ने चुनौती थपिएको छ । निर्णायकहरुलाई पनि आफूहरुले गरेको निर्णय निश्पक्ष थियो भन्ने प्रमाणित गर्नुपर्ने भएको छ ।
अन्तराष्ट्रिय प्रतिष्ठा आर्जनका लागि सबै एकजुट भएर काम गर्नु पर्नेमा सिने क्षेत्रमा फेरि अर्को विवादको सुरुआत भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।