ललितखबर
एउटा कलाकारको काम के हो ? कला पस्कनु ।
मन परे कलाकारको कलाको प्रशंसा दर्शकले गर्छन् । कलाकारको कला मन परेन भने दर्शकले अस्वीकार गर्छन् । यसरी नै चलचित्रहरु सुपरहिट हुन्छ । कति फल्प हुन्छन् ।
तर नेपाली चलचित्र क्षेत्रमा अनेकौं लाजमर्दो खेल हुन्छ । त्यो खेलमा बेला बेलामा कलाकार विवादमा फस्छन् ।
चलचित्र प्रेमगीत ३ को प्रर्दशनताका अभिनेता प्रदिप खड्का विवादमा फसे । केही दिनअघि अभिनेता नाजिर हुसेन पनि यसरी नै प्रस्तुत भएको देखियो । चलचित्र ‘गुन्युचोलो’ अस्कर अवार्डमा छनौट नहुँदा उनी आक्रोसित मुन्द्रामा देखिए ।
चलचित्र क्षेत्रमा हुने विभिन्न विवादमा फस्नु पक्कै राम्रो होइन । प्रर्दशक र निर्देशक चलचित्रको वकालत गर्दै भौतारिको बेला कलाकारहरु पछाडि दौडिएको देखिन्छ ।
नाजिर आफ्नो अभिनय र कलाको वकालत आफैंले गरेको सुवाएन । चलचित्र क्षेत्रको फुट उपगुटको खेलमा कलाकार सामेल भएको पनि राम्रो देखिएन । कलाकार सबैको हुनुपर्छ । कलाको पुजारी हुनुपर्छ । कलाको मुल्यांकन गर्ने अरुले हो । आफैले होइन ।
विवाद, गुट र राजनीतिक खेलमा कलाकार नफसेकै बेस । जव कलाकारको अनुहारमा आक्रोस र घमण्ड देखिन्छ अनि कलाकारको कला सकिन्छ, नाजिर ।
कलाकारले साधना गर्ने हो । बाँकी दर्शकलाई छोड्दा राम्रो । कलाकारको अनुहारमा आक्रोस सुवाएन नाजिर !








प्रतिक्रिया