१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सिड्नीमा ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ शुभारम्भ, हरेक महिना नेपाली कलाकारले प्रस्तुती दिने



 

सिड्नी, अस्ट्रेलिया
नेपाली कला पस्कनका लागि ठाँउ अभाव खड्किरहेको अवस्थामा अस्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा आइतबार नयाँ र आधुनिक ‘ग्रान्ड प्यालेस फङ्सन सेन्टर’ भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।

सञ्चालकहरूका अनुसार हरेक महिना नेपालबाट कलाकार बोलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ।

उद्घाटन कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले प्रस्तुत गरेको एकल गायनले कार्यक्रमलाई झनै आकर्षक र अविस्मरणीय बनाएको थियो । यस फङ्सन सेन्टरलाई रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गरेका हुन्। निर्देशक तथा डिजाइनर बस्नेतका अनुसार, सिड्नीमा ठूला स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न अभाव भएको स्थानलाई पुरा गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो।

फङ्सन सेन्टरमा दुईवटा फरक क्षमताका हलहरू रहेका छन्। ठूलो हल ः करिब ४ सय जनासम्म र सानो हल ः करिब २ सय जनासम्म अट्ने गरि बनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १२ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।