ललितखबर
चापागाँउ टाहाखेलस्थित आनन्दबन जंगलको छेउमा छ गोदावरी रंगशाला । यही रंगशालामा शनिबारदेखि महोत्सव सुरु भएको छ ।
महोत्सवको नाममा व्यापार सुरु गरेको छ, राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान, नेपालले । लोक सांस्कृतिक प्रतिष्ठानलाई गायक नमराज ढुंगानाको दुनियालाई झुक्याएर खाने भाँडो बनेको छ । उनलाई साथ दिएका छन् ललितपुरकै अर्का व्यापारी गायक सुवास महतले ।
गायक सुवास महतको छवि गायक भन्दा पनि भेटेनरी डाक्टर र विकृतपूर्ण महोत्सवको ठेकेदारको रुपमा चिनिन्छन् । देशभरका साँस्कृतिक महोत्सवको नाममा हुने यस्ता महोत्सवका संयोजक र उद्घोषक बनेर उनी ठाँउ ठाँउ पुग्छन् । स्थानीय कला र संस्कृतीको प्रबर्धन भन्दा पनि उनको उद्देश्य छाती र तिग्रा देखाएर स्टेजमा नाच्ने कलाकारहरुको प्रबर्दन गर्नु रहेको पाइन्छ ।
लोक गीत संगीतको प्रर्बदनको बाहाना बनाएर ठाँउ ठाँउमा आयोजना गरिएको महोत्सव विवादमा समेत पर्ने गरेको छ । महोत्सवको ज्योती मगरजस्तो नाममा तेश्रो दर्जाको कलाकार ल्याएर विकृती भित्राएको भन्दै विरोध भएको छ । केही दिनअघि ललितपुरको सुनाकोठीमा आयोजित महोत्सवमा ज्योती मगरले अश्लील प्रस्तुती दिएको भन्दै स्थानीयले विरोध गरेका थिए ।
महोत्सवको नाममा हुने यस्ता विकृतपूर्ण प्रस्तुतीलाई स्थानीयहरुको सहयोग समेत छैन । महोत्सवलाई गोदावरी नगरपालिका, वडा कार्यालय र स्थानीय संघ संस्थाले समेत साथ दिएका छैनन् । बस्तीको बीचमा राती अबेरसम्म ठूलो स्वरमा माइक घन्काउदा डिस्टर्व भएको भन्दै स्थानीयको विरोध समेत गरेका छन् ।
नाम साँस्कृतिक महोत्सव राखिएको भए पनि यहाँ भारत र चीनबाट ल्याइएको कपडालगायत बिक्रि केन्द्र बनेको छ । सस्तो गुणस्तरहीन र लामो समयदेखि स्टकल भएका कपडा बिकाउनका लागि आयोजना गरिएको मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छैन ।
विकृतपूर्ण पुराना चाइनीज सरसामान बिक्रि हुने महोत्सवमा प्रवेश गर्न टिकट काटेर पैसा असुल्ने गरिएको छ । महोत्सवमा प्रवेश गर्न आयोजक संस्थाले १ सय रुपैयाँको टिकट राखेको छ । महोत्सवस्थलमा खाजा र पिङ खेल्न महगो शुल्क तिर्नु पर्ने बाध्यता छ ।
आयोजक संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक नवराज ढुंगानालाई विकृतपूर्ण प्रस्तुतीका सन्दर्भमा प्रश्न गर्दा युवाहरुले मन पराउने कलाकारहरुलाई नै प्रस्तुत गर्ने गरेको बताए । भने, ‘विरोध भए पछि हामीले ज्योती मगरलाई यहाँ बोलाएका छैनौं ।’
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानले आयातीत सरसामान बेच्ने थलोको रुपमा महोत्सवलाई प्रयोग गरेको सन्दर्भमा उनले संगीत प्रर्बदनमा लागि स्टलहरु आवश्यक परेको उनले बताए ।
कार्यक्रम सहयोगी तथा उद्घा्षक सुवास महतले स्थानीय उत्पादनलाई प्रामिकता दिएर स्टलहरु निःशुल्क दिएको भए पनि कसैले चासो नदेखाएको तर्क गरे । महतले भने, ‘कलाकार आएको बेला मात्रै हामी महोत्सव स्थल प्रवेश गर्न टिकट काट्छौं । अरु बेला निःशुल्क नै छ ।’
महोत्सव भदौं २६ गतेबाट असोज १३ गतेसम्म आयोजना गरिएको भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको थियो ।
असुरक्षा बढ्यो
महोत्सव स्थल सुरक्षाका हिसावले संवेदनशीन स्थानको रुपमा समेत लिइन्छ । जंगलको छेउमा राती अवेसम्म गायक गायिकाको प्रस्तुती राख्दा सुरक्षाको समस्या हुने एक स्थानीयले बताए । जंगलको छेउको महोत्सव स्थलमा झै झगडा समेत हुने गरेको छ । जेनजी आन्दोलनको पछि चोरी लुटपाट समेत भएको अवस्थामा राती अबेरसम्म महोत्सवको नाममा भीडभाड गर्दा असुरक्षा बढेको स्थानीय बताउछन् । शहरको ठाँउ ठाँउमा चोरीको डरले गस्ती समेत हुँदै आएकोमा चापागाँउमा भने महोत्सवकै कारण राती अबेरसम्म चहल पहल बढेको पाइन्छ । महोत्सव स्थलमा प्रहरीको वाक्लो उपस्थिती देखिन्न । सेक्युरिटी कम्पनीका केही युवाहरु तैनाथ भए पनि संवेदनशी अवस्थामा पर्याप्त नभएको भन्दै आलोचना सुरु भएको छ ।








प्रतिक्रिया