२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को प्रष्टीकरण : ‘ममाथि आक्रमण नभई प्रि-प्लान प्रयांक मात्र थियो’



काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पछिल्लोपटक भाइरल बनेको आफूमाथि आक्रमणजस्तो देखिने भिडियोबारे प्रष्टीकरण दिएका छन् ।

बुधबार दिउँसो फेसबुकमार्फत लाइभ गर्दै उनले उक्त घटना कुनै वास्तविक आक्रमण नभई आगामी फिल्म ‘माइतीघर’ को प्रचारप्रसारका क्रममा गरिएको प्रि-प्लान प्रयांक भएको स्पष्ट पारेका हुन् ।

‘धेरै शुभचिन्तकले सोधिरहनु भएकोले स्पष्ट पार्न चाहन्छु । यो प्रयांक नै हो, आक्रमण होइन,’ उनले भने ।

घिमिरेका अनुसार युट्युब च्यानलमार्फत अन्तर्वार्ता दिने क्रममा उक्त प्रयांक गरिएको थियो । उनले थपे, ‘सल्लाहअनुसार थोरै थर्काउने मात्र भनिएको थियो, तर उहाँले हातपात पनि गर्नुभयो । त्यो चाहिँ प्लानिङ थिएन ।’

उनले यस घटनालाई ठट्टाकै रुपमा लिए पनि भिडियोको छोटो अंश मात्र भाइरल हुँदा दर्शकमाझ अनावश्यक भ्रम र चिन्ता पैदा भएको बताए । ‘यसबाट पर्न गएको चोटबारे क्षमा चाहन्छु,’ उनले भने ।

हाल सो प्रयांकको भिडियोको एउटा टुक्रा सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।