२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दशैंमा चलचित्रको टक्कर : क्युएफएक्समा बलिदानलाई झण्डै दोव्वर शो



ललितखबर

जव केही दिन सार्वजनिक विदा र पर्व आउँछ चलचित्र क्षेत्रमा दशैं लाग्छ । निर्माताहरु चलचित्र प्रर्दशन गर्न हानथाप गर्छन् । यो बेला चलचित्रकबो व्यापार पनि राम्रो हुन्छ । धेरै निर्माताहरुले लगानीको सुरुक्षा मात्रै होइन करोडौं कमाउछन् पनि ।

यो बर्ष पनि तीन दशैंमा चलचित्रहरु बलिदान, हरिबहादुरको जुत्ता र माइतीघर प्रर्दशन हुँदैछन् । सबै चलचित्रको बुकिङ खुलिसकेको छ । केही हलले शो खुलाई सके केही हलले शो बाँडफाँड गर्दैछन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फुलपातीको दिन सोमबारका लागि १८६ शो दिएको छ ।

क्युएफएकले चलचित्र बलिदानलाई झण्डै दोव्वर संख्यामा ९१ शो दिएको छ भने माइतीघरलाई ४८ र हरिबहादुरको जुत्तालाई ४७ शो दिइएको छ ।

सन्तोष सेनको निर्देशनमा बनेको चलचित्र बलिदानमा समिर भट्ट, निश्चल बस्नेत र ऋचा शर्मालगायतको अभिनय रहेको छ ।

चलचित्र माइतीघर मिलन तामाङमा बनेको हो । यस चलचित्रमा धिरज मगर, उपासनासिह ठकुरी, प्रकाश सपुत र केदार घिमिरे माग्नेबुढाको अभिनय हेर्न पाइन्छ ।

चलचित्र हरिबहादुरको हास्य अभिनेता जुत्ता हरिबंश आचार्यको अभिनय रहेको छ । दिपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको यस चलचित्रमा स्वस्तिमा खड्का,प्रियंका कार्की र प्रकाश सपुतलगायतको अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।