२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक



काठमाडौं
नेपाली चलचित्र ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच चलचित्रको नृत्यप्रधान गीत सार्वजनिक गरिएको हो ।
दसैंको अवसर पारेर सार्वजनिक यो गीत विवाहको परिवेशमा आधारित छ । भिडियोमा चलचित्रका शीर्ष अधिकांशजसो कलाकारहरूलाई एउटै फ्रेममा देख्न सकिन्छ । मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईलीलगायत कलाकारहरूले यो भिडिओमा नृत्य तथा अभिनय गरेका छन् ।
गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.कको स्वर यो गीतमा सुन्न सकिन्छ ।
गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेल हो । गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् । आयोजित गीत सार्वजनिक कार्यक्रममा बोल्दै यसका निर्माता, निर्देशक तथा कलाकारहरूले गीतलाई दर्शकहरूले रूचाउने विश्वास व्यक्त गरे ।

दीपकप्रसाद आचार्यको निर्देशनमा बनेको ‘परान’ कात्तिक १४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । पूर्ण पारिवारिक कथामा बनेको चलचित्रको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले फिल्मको मूल सन्देश अर्थात् एकअर्काको साथको महत्वलाई जोड दिएको अनुमान गर्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यावसायिक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले ‘परान’ को निर्माण गरेको हो । बाइस्कोप सिनेमाको एकल ब्यानरमा यो पहिलो प्रोजेक्टका रूपमा निर्माण गरिएको चलचित्र हो । फिल्मका निर्माताहरूमा रञ्जित आचार्य र शेखर गोल्छा रहेका छन् ।

दीपक आचार्यको कथा रहेको यस चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको सम्पादन मित्र डी. गुरूङले गर्दैछन् । दसैं र तिहारलगत्तै यो फिल्म देशभरका सिनेमा हलमा प्रदर्शनमा आउन लागेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।