ललितखबर
नेपाली चलचित्रका चर्चित अभिनेता विराज भट्टले चलचित्र क्षेत्रका प्रतिश्पर्धीहरुलाई ‘झारपात जस्तै’ भनेर अपमानजनक शव्द प्रयोग गरेका छन् ।
चलचित्र प्रर्दशन भएपछि राजधानीमा सञ्चारकर्मीहरुसँग प्रतिकृया दिदै अभिनेता भट्टले चलचित्रका प्रतिश्पर्धीहरुले आफूलाई ठूलो ठन्ने गरेको प्रतिकृया दिएका हुन् । उनले भने, म आफ्नो चलचित्रमा ढुक्क थिए । उनीहरुलाई जवाफ दिन चाहिन ।’
निर्देशक सन्तोष सेन चौतर्फी घेरामा परेको अवस्थामा आत्तिएको बताए ।
उनले प्रतिश्पर्धी चलचित्रकर्मीले माफी मागेको तर आफूले चलचित्र चलाएको बताए ।
अभिनेता भट्टले झारपातजस्तै भनेका चलचित्रकर्मीको नाम भने तोकेका छैनन् ।
उनले आफ्नो छोरा समिर भट्ट अभिनेता रहेको चलचित्र बलिदानको प्रशंसा गरेका छन् ।
छोरा समेत रहेका समिर भट्टको अभिनयसँगै निर्देशन सन्तोष सेनको कामलाई प्रशंसा गरे ।
केही दिनअघि प्रतिश्पर्धी चलचित्र माइतीघरका निर्माता रोहित अधिकारी अनि अर्का निर्माता दिपकराज गिरीको सामाजिक सञ्जालमा लेखेको स्टाटसका कारण विवाद श्रृजना भएको थियो ।








प्रतिक्रिया