काठमाडौं
अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल चलचित्र ‘मुगलान’को पोस्टरमा देखिएका छन् ।
नेपाली चलचित्रमा सहायक भूमिकामा अभिनय गर्दै आएका प्रभात पाल यस चलचित्रको केन्द्रमा छन् भने टिकटकमार्फत चर्चामा रहेकी स्मारिकाको यो डेव्यु चलचित्र हो ।
चलचित्र ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने घोषणा गरिएको छ।
निर्माण टिमले सोमबार चलचित्रको पहिलो लुक्स सार्वजनिक गर्दै प्रदर्शत मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन्। यसले उनीहरुबीचको प्रेमकथा झल्काएको छ। उनीहरु फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको संकेत गर्छ।
चलचित्रमा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
चलचित्रलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमन सिंह यसको निर्माता हुन्। को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन्। चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ। चलचित्रमा कोरियोग्राफर देबेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ।
चलचित्रमा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल,सिर्जना लम्साल,हरि गिरी (विमर्शी) रहेका छन्।
निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ। चलचित्रको प्रचार–प्रसार अहिले तीव्र गतिमा अघि बढाइएको छ। चलचित्रको वितरणको जिम्मा आर आर फिल्मस्ले लिएको छ।
चलचित्र रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।








प्रतिक्रिया