२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता प्रकाश र परीक्षाको अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक



काठमाडौं
अभिनेता प्रकाश सपुत र परीक्षा लिम्बुको अन्तरजातीय प्रेमकथामा आधारित चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीमा आज औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको ट्रेलरमा अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण परिस्थितिलाई देखाइएको छ । चलचित्र अभिनेत्री परीक्षा लिम्बुको वरिपरि घुमेको देखिन्छ, जहाँ उनी र अभिनेता प्रकाश सपुतबिचको प्रेमकथा चलचित्रको मुख्य धागोका रूपमा प्रस्तुत गरिएको छ ।

कार्तिक ६ गते भाइटिकाको दिन प्रर्दशनको तयारीमा रहेको नेपाली चलचित्र ‘सोल्टिनी’को यस कार्यक्रममा निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, अभिनेत्री सबु गुरुङलगायतको उपस्थिति थियो ।

‘सोल्टिनी’लाई निर्देशक अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। लेखनमा अर्जुन र कुमार भट्टराई रहेका छन्। प्रकाश सपुत र परीक्षा लिम्बुसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।