यद्यपी उषाको ओठले अभिनेता केसीको ओठ छोएको भने छैनन्
ललितखबर
चलचित्रको प्रर्दशनताका अभिनेता भुवन केसी विवादमा आइरहन्छन् । धेरैले उनी चलचित्र चलाउनकै लागि गसिपमा रमाउछन् भन्ने आरोप पनि लगाउछन् ।
नेपाली चलचित्र क्षेत्रका सर्वाधिक चर्चामा आउने नायक हुन् भुवन केसी । धेरै लामो बिश्रामपछि उनको अभिनय रहेको चलचित्र जेरी अन टप आज शुक्रबारदेखि देशभर प्रर्दशन भइरहेको छ ।
यस चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुर्वमिस नेपाल समेत रहेकी अभिनेत्री उषा खड्की र अभिनेता केसीबीच चुम्बन गरेको दृश्य चर्चामा आयो ।
केही युट्युवमा भिडियो बाहिरिएपछि पत्रकार सम्मेलनमा प्रश्न पनि उठाइयो । तर क्यामेरा एंगलले यस्तो देखिएको भन्दै सामान्य बनाएर हल्का रुपमा व्याख्या भयो ।
हेर्नुस् भिडियो :
https://www.facebook.com/reel/1526868461956013
ललितखबरको क्यामेरामा अभिनेत्री उषाले भवन केसीको ओठ नजिकै मुख पु—याएर चुम्मन गरेको दृश्य कैद भएको छ । चुम्बन गर्ने क्रममा आवाज पनि सुनिन्छ । यद्यपी उषाको ओठले अभिनेता केसीको ओठ छोएको भने छैनन् । चुम्बनपछि अभिनेत्री उषा हँसिली देखिएकी थिइन् । भुवन केसी भने फोटो सुटका लागि पोज मिलाइरहेका भिडियोमा देख्न सकिन्छ ।
सुयोग गुरूङको निर्देशनमा तयार भएको यस चलचित्रमा सगरमाथा आरोहणका क्रममा भएका उतारचढावको कथा रहेको छ ।
चलचित्रमा अभिनेता भुवन केसी वुवा र उषा खड्गी आमा बनेर अभिनय गरेका छन् । अनमोल केसी जसिता गुरुङ,आँचल शर्मा र केदार प्रसाद घिमिरेलगायत कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ ।








प्रतिक्रिया