मेगा स्टारको परिचय बनाएका अभिनेता अनमोल केसीको अभिनय रहेको चलचित्र ‘जेरी अन टप’ प्रदर्शनमा आज शुक्रबारदेखि आएको छ ।
चलचित्रमाृ उनका वावु भुवन केसी समेत जेरीको वावु बनेर चलचित्रमा देखिएका छन् । उनका चलचित्रलाई देशभरका हलहरुले २ सयभन्दा धेरै शो दिएका छन् ।
सगरमाथा आरोहणको कथा रहेको चलचित्रमा हलिउडको स्वाद पस्केको सार्वजनिक ट्रेलरबाट देख्न सकिन्छ ।
गतबर्ष उनको चलचित्र ‘फर्की फर्की’ प्रर्दशन भएको थियो । यद्यपी सो चलचित्रले बक्स अफिसमा उल्येख्य व्यापार भने गरेको थिएन ।
चलचित्रमा अभिनेत्रीहरु जसिता गुरुङ र आँचल शर्माले साथ दिएका छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथा समेटिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र सुयोग गुरुङकले निर्देशन गरेका यस चलचित्र लामो समयसम्म छायांकन गरिएको थियो ।
चलचित्रमा भुवन केसी, केदार घिमिरे, उषा खड्गी र सुरक्षा पन्तको पनि अभिनय हेर्न पाइन्छ ।








प्रतिक्रिया