२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’परान’को ट्रेलर सार्वजनिक



काठमाडौं
चलचित्र ’परान’को ट्रेलर सार्वजनिक गरिएको छ ।
राजधानीमा औपचारिक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरिएको हो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, अभिनेत्रीहरु केकी अधिकारी, अञ्जना बराइली, निर्देशक दिपक आचार्य, निर्माताहरु रञ्जित आचार्य र शेखर गोल्छालगायत सहभागी थिए ।

चलचित्रमा एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।

बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई चलचित्रको कथा बनाएको छ । फिल्मको शीर्ष भूमिकामा निर शाहले अभिनय गरेका छन् ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन्। आचार्यकै कथा रहेको यस चलचित्रको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् ।
देशकै प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले फिल्म निर्माण गरेको हो।

चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह, महेश शाह र अञ्जना बराइलका साथै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र यही कात्तिक १४ गतेबाट देशभर प्रर्दशनको तयारीमा छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, शनिबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।