२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दशैंमा रिलिज भएका ३ नेपाली फिल्मको बक्सअफिस कमाइ ५ करोडभन्दा कम



काठमाडौं । दशैंको अवसरमा रिलिज भएका तीन नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षित प्रदर्शन गर्न सकेनन्। चलचित्र विकास बोर्डले सोमबार बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरसहित भारतीय फिल्म ‘कान्तारा २’को १९ दिने ग्रस कमाइ सार्वजनिक गरेको छ।

सन्तोष सेन निर्देशित ‘बलिदान’ले ६ करोड रुपैयाँको लगानी दाबी भए तापनि सो अवधिमा ४ करोड ९८ लाख ८६ हजार ८५४ रुपैयाँ ग्रस कमाएको छ। दीपेन्द्र के खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ५७ लाख ११ हजार ३५२ रुपैयाँ कमाएको छ भने मिलन तामाङ निर्देशित ‘माइतीघर’ले ३ करोड ८८ लाख ५० हजार २३० रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

यसैबीच, ऋषभ सेट्टी निर्देशित भारतीय फिल्म ‘कान्तारा : च्याप्टर १’ले १० करोड ४१ लाख रुपैयाँ ग्रस कमाएको छ।

विश्लेषकहरूका अनुसार, स्टारकास्ट, प्रचार-प्रसार र लगानीको आधारमा अपेक्षा गरिएको प्रदर्शनभन्दा कम कमाइ हुनुले नेपाली फिल्म उद्योगमा दशैंको समयमा पनि दर्शकको रुचिमा अन्तर रहेको देखाएको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, सोमबार  १० : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।