१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गृहमन्त्री अर्यालसँग कलाकार टोलीको भेट



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारस्थित आफ्नो मन्त्रालयमा कलाकारको टोलीसँग भेटघाट गरेका छन्। टोलीमा ऋचा शर्मा, कर्मा, निश्चल बस्नेत, सुरक्षा पन्त, दिब्यदेव पन्त लगायतका कलाकारहरू सहभागी थिए।

कलाकार ऋचा शर्माले भनिन् “मन्त्रीले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग भेटेर आफ्नो कामको समीक्षा गरिरहनु भएको छ। उहाँले हामीले गरेका काम बाहिरबाट कस्तो देखिन्छ र थप सुधारका के–कसरी उपाय गर्न सकिन्छ भनेर छलफल गर्नुभयो।”

भेटमा कलाकारहरूले आफ्नो काम र क्षेत्रका गतिविधिबारे जानकारी मात्र दिएका थिएनन्, सुझावसमेत प्रस्तुत गरेका थिए।

त्यसैगरी, कलाकारहरूले २१ फागुनमा निर्धारित चुनाव समयमै सम्पन्न गर्ने, जेनजी आन्दोलनका शहीदलाई न्याय दिलाउने लगायतका सुझाव मन्त्रीसँग राखेका थिए।

 

प्रकाशित मिति : ५ कार्तिक २०८२, मंगलबार  ४ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।