२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बरिष्ठ बलराम’ : दर्शकलाई मनोरञ्जन थोरै, बोरलाग्दो क्षण धेरै



 

ललितखबर
दयाहाङ राई पछिल्लो समय चल्तीका अभिनेता हुन् । विजय बराल सर्वकालीन ब्लकबस्टर अभिनेता । दुवै कलाकार एउटै चलचित्रमा देखिएका छन्, ‘बरिष्ठ बलराम’ मार्फत । फर्की फर्की चलचित्रबाट फिल्मी दुनियामा प्रवेश गरेकी समृद्धि अर्यालको अभिनयसँगै गत भाईटिकादेखि देशभर चलचित्र भवनहरुमा चलचित्र ‘बरिष्ठ बलराम’ प्रर्दशन भइरहेको छ ।

देशभरका बस्ती र टोलमा आजकल खानी सञ्चालनमा छन् । ती बस्तीमा टिपर आतंक त हुने नै भयो । ढुंगा होस् या वालुवा खानी गुण्डाराजको अखडा नहुने कुरै भएन । यस्तै गुण्डाराज र सोझो गरिव परिवारमाथि परेको लफडाको कथामा बनेको चलचित्र वरिष्ठ बलराम हाम्रो वरपर जहाँत्यही देखिने यस्तै मौलिक कथामा सुरेन्द्र पौडेलले चलचित्र बनाएका हुन् ।

कथासार
इन्द्र बहादुर राई(माउत्से गुरुङ) ट्याक्टर चालक हुन् । छोरा वलराम (विजय बराल) वावुलाई ट्याक्टर चलाएर सधाउछन् । उनलाई ऋणमा किनेको ट्याक्टरको किस्ता तिर्न मुस्किल परेको छ । उनी ऋण तिर्न घ्युखोलाको वालुवा चोर्न जान्छन् । वरिष्ठ(दयाहाङ)का कर्मचारीले फेला पारेपछि वलरामका वावु इन्द्र बहादुर राईलाई जुत्ताको माला लगाएर टोल घुमाउछन् । वलराम बदला लिन घ्युखोलाको ढुंगा गिटी उत्खननको लागि टेण्डर हात पार्न संर्घष पर्छ । घ्युखोला खानी हत्याउन वलरामको संर्घष र वरिष्ठको हर्कत चलचित्रमा हेर्नलायक छ । चलचित्रमा कुशुम(समृद्धि अर्यालको प्रेमसम्बन्ध वरिष्ठ,झड्केलो छोरो र आमाबुवाको सम्बन्ध र संर्घषसँगै श्रीप्रसाद मामाको स्वार्थपूण हर्कत हेर्न हलसम्म पुग्नुपर्छ ।

सवल पक्ष
चलचित्रले समसामयिक विषयवस्तु उठाएको छ । टोले गुण्डाको अनुहार,इन्द्र बहादुर, वलराम र वरिष्ठजस्ता पात्रले हाम्रै वरपरका याद दिलाउछन् ।
अभिनेत्री समृद्धि अर्यालको नयाँ अनुहारले चलचित्रलाई फरक र मौलिक बनाएकोे छ । चलचित्रले उठाउन खोजेको सन्देस पनि सुन्दर छ ।
न्याउली बनैमा गीत असाध्यै मिठो छ । समृद्धि अर्याल र विजय बरालको नृत्यले गीतलाई झन् निखार ल्याएको छ । चलचित्रले सम्बन्धहरुलाई नयाँ ढंगले परिभाषित गरेको छ । रगतको नाता मात्रै होइन भावनाको नातालाई चिरफर गरेको छ । वावु र छोरा र आमा र छोराको मायाँलाई केलाएको छ । गरिवी र अभावको क्षणलाई तथ्यपरक ढंगले पर्दामा उतारेको छ ।

कमजोरी
महेश दवाडीले कथा, पटकथा र संवादलाई बलियो बनाउन पर्याप्त मेहनत गरेका छैनन् । चलचित्रमा सामाजिक विषयवस्तुको उठान गरिएको भएपनि प्रेमकथालाई लयबद्ध गरिएको छैन । ठाँउ ठाँउमा चलचित्रको कथा भड्केको अनुभव हुन्छ । चलचित्रको अन्त्ण्य कमजोर छ । चलचित्रमा वलरामको विगत खोतल्दैन । श्रीप्रसाद मामाको स्वार्थ र मृगौला रोगको दृश्य राखेर कथा अलपत्र पारेको छ । धेरै ठाँउमा अनेकौ प्रश्न उव्जने अधुरा कथा छन् । कतिपय दृश्यमा चित्तै बुझ्दैन ।


कमजोर संवाद(स्क्रिनप्ले), उस्तै दृश्यभाषा र कलाकारहरुको कृतिम अभिनयशैलीले धेरै ठाँउमा हाई काट्ने अवस्था छ ।

चलचित्रको अर्को समस्या कलाकार छनौट(कास्टिङ)मै देखिन्छ । नेपाली चलचित्र क्षेत्रका हिरोको मानक बनाएका दयाहाङ राई खलपात्रमा जम्न सकेका छैनन् । चलचित्र हेरिरहँदा उनलाई भिलेनको भूमिका सुवाएको छैन । सधै दयाहाङको पछि लागेर अभिनय गर्ने विजय बरालले पनि ‘हिरो हुँ’ भन्ने गरि पत्याउने ठाँउ राख्ने गरेर प्रस्तुती दिएका छैनन् । उनको नृत्य र एक्सनको पाटो राम्रो छ ।

चलचित्रमा धेरै ठाँउमा विजयले रुवाउन खोजे पनि दर्शकको मन छुँदैन । ती दृश्यहरु बलजफती देखाउन खोजिएको जस्तो लाग्छ । मन कटक्क खाँदैन ।

घ्युखोलाको दृश्यहरु चलचित्र यत्रतत्र देखिन्न । खानी र प्राकृतिक सम्पदाको दोहन गरिरहेको दृश्य छै्रन । यो विषयमा चलचित्र प्रवेश गरेर फेरि फर्काइएको छ । कथाकार दवाडीले रुचिकर विषयलाई चलचित्रमा थपेका छैनन् । अब के होला ? भन्ने जिज्ञासा पनि उत्पन्न हुन्न ।

अभिनय
चलचित्रको पर्दामा सधैं हिराको भूमिकामा रहेका दयाहाङ राई यस चलचित्रमा वलराम पात्रको अभिनय गर्दै भिलेन बनेका छन् । उनले खलपात्रको अभिनय गरेको कस्तो कस्तो नमिठो लाग्छ । अभिनय शिल्पमा दयाहाङले कुनै जादु देखाएका छैनन् ।

चलचित्रको हिरो पात्र वलराम बनेका विजय बराल हिरो छन् । उनको अभिनय पनि औसत नै छ । ठाँउ ठाँउमा उनले ओभर एक्टिङ गरिरहेको भान हुन्छ । यद्यपी उनी गीतमा राम्रो नाचेका छन् । द्वन्द्वको दृश्य पनि राम्रैसँग देखाउन सफल छन् । अभिनेत्री समृद्धि अर्याल सोलो नायिकाको प्रस्तुती ठाँउ ठाँउमा फितलो अनुभव हुन्छ । यद्यपी चलचित्र क्षेत्रमा उनको नयाँ फेस र अभिनय शैली केही भिन्न बनाउने कोशिस गरेकी छिन् । माउत्से गुरुङ र भोलाराज सापकोटाको सदावहार अभिनय छ । पशुपति राईको प्रकृतिक अभिनयले चलचित्रलाई मौलिक बनाउन सहयोग गरेको छ ।

प्रविधि
सामान्य बजेटमा बनेको चलचित्र ‘बरिष्ठ बलराम’ मा उत्तिसाह्रो प्रविधिको प्रयोग देखिन्न । मनकृष्ण महर्जनले राम्रो प्रकाश संयोजनसँगै क्यामेरा चलाएका छन् । उत्तम न्यौपानेको ध्वनी संयोजनमा समस्या भेटिन्छ । उदाहरणका लागि माउत्से गुरुङले ‘मान्छेलाई जातको डोरीले बाँधेर हुन्न कान्छी’ भन्ने संवादलाई लिन सकिन्छ । रोहित शाक्यको पार्शसंगीतले ध्यान तान्दैन । भेषभुसा र श्रृगार पनि उस्तै छ ।

अन्तमा,
पछिल्लो समय सामाजिक कथामा बग्रेल्ती चलचित्र बनेका छन् । ‘बरिष्ठ बलराम’ यसकै अर्को सिलसिला हो । मौलिक कथा र नयाँ प्रस्तुतीको अपेक्षा गर्दै ढुकेर बसेका नयाँ दर्शकले चलचित्र ‘बरिष्ठ बलराम’ मा पुरानै स्वाद भेट्नेछन् ।
निर्देशक सुरेन्द्र पौडेलको फरक स्वाद चखाउन कलात्मक प्रस्तती देखाउन मेहनत गरेका छैनन् । कथाकार महेश दवाडीले कथा र संवाद कोर्न टेवुलमा मेहनत गर्न चुकेका छन् । चलचित्रमा थोरै मनोरञ्जन र धेरै कमजोरीबीच प्रर्दशन सुरु भएको छ । चलचित्र हेर्दा दर्शकलाई प्रफुल्ल हुने गरेर मनोरञ्जन दिदैन । सबै ठाँउमा थोरै बोर पनि लाग्दैन ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, शनिबार  ५ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।