पछिल्लो समय निरन्तर रुपमा एक्सनमा आधारित चलचित्र निर्माण भइरहेका छन् । एक्सन चलचित्र दर्शकले रुचिपुर्वक हेरिरहेका पनि छन् ।
यस्तै एक्सनप्रधान चलचित्र ‘परिवर्तन’को आज राजधानीमा एक औपचारिक कार्यक्रम गरेर टिजर सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा अभिनेता सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रको टिजरमा अभिनेता सुशील श्रेष्ठको धारिलो एक्सन अवतार देखिन्छ । देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश चलचित्रमा रहेको खुलासा भएको छ ।
चलचित्रका निर्माता तथा कथा लेखक दिपक शिवाकोटीले ‘परिवर्तन’ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए। उनले भने,‘अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।’
विजय केरुङको निर्देशनमा बनेको यो चिलचित्रका निर्देशक विजय केरुङले टिजरमार्फत ‘परिवर्तन’को मुख्य सन्देश दर्शकसमक्ष पु¥याउन खोजिएको बताए। उनका अनुसार चलचित्रले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।
शिवम अधिकारीको लेखनमा बनेको चलचित्रमा एस।डी। योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
फिल्मको वितरण आर आर फिल्मस्ले गर्नेछन भने डिजिटल पार्टनर ओएस आर रहेको छ।
चलचित्र आगामी माघ ९ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण पक्षको योजना रहेको छ ।








प्रतिक्रिया