काठमाडौं । आगामी कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘परान’ को बुकिङ खुला भएको छ। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले देशभरका दर्शकका लागि अग्रिम टिकट बिक्री सुरु गरेको हो।
बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको यस चलचित्रले हालसम्म ६४ बढी शो पाएको छ। निर्माण टिमका अनुसार, आज साँझसम्म थप शोहरू घोषणा हुने सम्भावना रहेको छ।
यो चलचित्र दिपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन हो। मुख्य भूमिकामा अभिनेता निर शाह रहेका छन्। चलचित्रमा शाहका अलावा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।
चलचित्रको गीत निर्देशक दीपक आचार्यकै शब्द, रिदम कँडेलको संगीत र प्रमोद खरेल, पुष्पन प्रधान, रचना रिमालको स्वरमा तयार भएको छ। छायांकन शिवराम श्रेष्ठ, कार्यकारी निर्माता अजय उपाध्याय रहेका छन्।








प्रतिक्रिया