२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमफेदी बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



काठमाडौं । मकवानपुरमा आइतबार बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका–१, बुङदलमा खसेको मोटरसाइकलसहित दुई जनाको शव फेला परेको थियो ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलका ३९ वर्षीय मोटरसाइकल चालक वीरबहादुर गुरुङ र स्थायी ठेगाना पूर्वी नवलपरासी, कावासोती–१३ भई हाल हेटौँडा–१, चौकीटोल बस्दै आएका ३५ वर्षीय चन्द्रबहादुर गुरुङ रहेका छन्। उनीहरूलाई उनीहरूको श्रीमतीहरूले सनाखत गरेको मकवानपुर प्रहरीले जनाएको छ।

आज बिहान करिब ७ बजे बुङदल खोलाको पुलबाट करिब ५० फिट तल खसेको अवस्थामा बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरसाइकलसहित दुबै पुरुषको शव स्थानीयले देखेका थिए। जानकारी पाएपछि प्रहरी चौकी चौकीटोलबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट ट्राफिक प्रहरीसहित थप टोली खटिएको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटना राति नै भएको हुन सक्ने र मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनुमान गरिएको छ। दुवै शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ मंसिर २०८२, आइतबार  ११ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।