२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रहरीले भन्यो– ‘एनपीएलको टिकट नपाएकाहरु कीर्तिपुरतिर भीडभाड गर्न नजानू’



काठमाडौं । आजबाट सुरु हुने नेपाल प्रिमियर लिग –एनपीएल) को दोस्रो संस्करण सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलका लागि सबै टिकट बिक्री भइसकेको छ ।

अघिल्लो सिजनमा मात्र होइन अन्य खेलहरुमा समेत क्रिकेट हेर्न त्रिवि मैदानमा दर्शकहरुको भीड लाग्ने गरेको थियो । अघिल्लो वर्षको पहिलो संस्करणमा समेत दर्शकको अत्यधिक चाप रहेका कारण व्यवस्थापनमा कठिनाइ भएको थियो ।

हुनसक्ने भीडभाडलाई मध्यनजर गर्दै प्रहरीले सबै टिकट बिक्री भइसकेको अवस्थामा मैदान र वरिपरि भीडभाड गर्न नजान भनेको हो । ‘आज मिति २०८२ मंसिर १ गते कीर्तिपुरस्थित (टीयू) खेल मैदानमा हुने नेपलि प्रिमियर लिग –एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरु सोल्ड आउट भइसकेको जानकारी प्राप्त भएकाले टिकट नभएका महानुभावहरु उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ,’ प्रहरीले भनेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, सोमबार  ११ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।